सुनचाँदीको मूल्य बढ्यो
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/Gold-Price-Today-1-1-4-1296x700.jpg)
१२ पुस, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।
सुन आज तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोवार भैइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्