Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘सांस्कृतिक विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको महत्वपूर्ण दायित्व’

रातो कागज
4 महिना अघि

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विविधता हाम्रो राष्ट्रिय सम्पत्तिमात्र नभई विश्व समुदायकालागि अमूल्य निधि भएको बताएका छन् ।
सोमबार गुरुङ समुदायको नयाँवर्ष तमु ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै उनले सांस्कृतिक विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको महत्वपूर्ण दायित्व रहेको भन्दै सबै समुदायको साझेदारीमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियएकताको सुदृढीकरण, सुशासन, सामाजिकन्याय र आर्थिक समृद्धिको दिशामाअघिबढ्नु आजको राष्ट्रियआवश्यकता रहेको बताए ।
उनले भने,‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुकहो। यहाँको विविधता हाम्रो राष्ट्रिय सम्पत्तिमात्र नभई विश्व समुदायकालागि अमूल्य निधि हो । भाषा, संस्कृति, भेषभूषा र संस्कार हाम्राजातीयपहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता सांस्कृतिक विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको महत्वपूर्ण दायित्व हो । जनताको संघर्ष र बलिदानबाट हामीले समावेशी संघीयलोकतान्त्रिक संविधान निर्माण गरेका छौँ। सबै समुदायको साझेदारीमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामाअघिबढ्नु आजको राष्ट्रियआवश्यकताहो।’
सांस्कृतिक परम्परामाधनी तमु समुदायले सदियौँदेखि आफ्ना रीतिरिवाज, परम्परा, र संस्कृतिको संरक्षणगर्दै आइरहेका पनिउनले बताए । तमु समुदायमानयाँवर्षको आगमनको उल्लासपूर्ण वातावरणमामनाइने यो पर्वले यस समुदायको मौलिकता, परम्परा र सांस्कृतिक महत्त्वलाई झल्काउने उनको भनाई छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया