२१ पुष २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा परे

काठमाडौं । सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
यी हुन् कालो सूचिमा पर्ने निर्माण कम्पनीहरु
१. श्री एस. ए. एस. कन्स्ट्रक्सन प्रा.लि., विराटनगर–१६, मोरङ ।
२. श्री एमएस इन्स्पर सफ्टवेयर ग्रुप कोअपरेटिभ लिमिटेड चाईना
३. श्री मृत सन्जिवनी – ग्याल्वा जे.भी., काठमाडौँ ।
४. मृत सन्जिवनी कन्स्ट्रक्सन प्रा.लि., डेटौंडा
५. श्री लक्ष्मी कन्स्ट्रक्सन, गोरखा नगरपालिका – ०६, गोरखा ।
६. श्री सुष्मी कन्स्ट्रक्सन प्रा.लि., गोकर्णेश्वर नगरपालिका–०५, काठमाडौं । कार्यालय, अत्तरपुर, सिन्धुपाल्चोक ।
७. श्री रविन कन्स्ट्रक्सन, गुलरिया–६, बर्दिया ।
८. थोत्रा सप्लायर्स ÷ मानेकोर कन्स्ट्रक्सन, गोसाइँकुण्ड गा.पा.–६ ।
९. एम एस एम डी अप्टिकल सोलुसन प्रा.ली पोखरा–१५ कास्की ।
१०. शिलादेवी एस.बि.डि. निर्माण सेवा प्रा.लि., शुक्लागण्डकी–०२, तनहुँ ।
११. त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, भि.न.पा. ४, कञ्चनपुर ।
१२. खिम निर्माण सेवा, कपिलवस्तु नगरपालिका–४, कपिलवस्तु ।
१३. मेनका निर्माण सेवा, नेपालगञ्ज १३, बाँके ।

 

प्रतिक्रिया दिनुहोस्