२० पुष २०८१, शनिबार
अर्थ कर्णाली जीवनशैली प्रदेस समाचार

गाउँमा विद्युतीय मिल सञ्चालन हुँदा स्थानीयलाई सहज

दान बहादुर बुढा
मुगु । मुगुको पूर्वी भेगमा रहेको मुगमकामारोङ्खगाँउपालिका–८ माग्री गाँउमा कुटानी–पिसानीविद्युतीय मिल स्थापना भएपछि स्थानीयबासीलाई सहज भएको छ।
परापूर्व कालदेखि गाँउबाट दुईतीन घण्टा टाढा रहेको छायाल गाँउमा र चिमाथका रहेको पानीघट्टमा गहुँ, जौं कोदो, मार्सेलगायतका अन्नबाली पिसानी गदै आएका थिए । त्यस्तैकुटानीका लागि गाँउमा रहेका ओखलको प्रयोग गरेर जीवन निर्वाह गर्दै आइरहेका थिए । तर हिजोआज अनुदानमा विद्युतीय मिल गाँउमा सन्चालनमा ल्याएदेखि उनीहरु खुशी भएका हुन् ।
हिउँद–बर्खा लामो र जोखिमयुक्त बाटो प्रयोग गरेर वा ज्यान जोखिममा राखेर पिसानीका जानुपर्ने बाध्यता हटेकोमुगमकामारोङ्ख गाँपालिका–८ माग्री गाँउकी छिरिङ्खछोमू लामाले बताइन् ।
पालिकामा रहेका १२ जनजाति बस्ती तीनवटा हिन्दु धर्मावलम्बी बस्तीका सबै नागरिकहरु आकासे पानीको भरमा खेती गर्नुपर्ने र भात भन्दा रोटी, ढिडो, थुप्का जस्ता खानेकुरा बढी प्रयोग गर्नुपर्ने भएकाले पानीघट्ट, ओखल र जाँतोमा निर्भर छन् । तर हिजोआज करानी सामुदायक बिकास केन्द्रको सहयोगमा गाँउमै विद्युतीय मिल संचालनमा गाउँलेलाई सहज भएको माग्रीगाँउका ठिल्य लामाले बताइन् ।
करानी सामूदायिकबिकास केन्द्र, मुगु एकिकृत परियोना (एमआइपी)को आर्थिक तथा प्राविधिक सहयोगमा एक लाख ४०हजार रुपैंयाँमा कुटानी पिसानीविद्युतीय मिल सन्चालनमा आएको हो । यसबाट पाँच समूहका एकसय ८ सदस्य र माग्री गाँउका १ सय ७१ घर परिवारले यो यस्ता मिलबाट सेवा लिएको करानी सामूदायिक सस्थाका कार्यक्रम संयोजक हस्त बहादुर बुढाले बताए ।
कार्यक्रम संयोजक बुढाका अनुसार मुगमकामारोङ्खगाँउपालिका १ देखि ९ वडाका बस्तीमा विद्यालय शिक्षा क्षेत्रको बिकास गर्नका लागि कार्पेट,कुशन,बुक कनर,सुज र्याक, खानेपानी, शौचालय, घेरावार,शिक्षकहरुलाई क्षमता बिकास सम्बन्धि तालिम,गाँउ घरमा स्थानीयबासीका लागि आय आर्जनका तालीम र जनचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्