२० पुष २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

देश परिवर्तन गर्नको लागि राजनीतिक स्थिरता आवश्यक :मन्त्री सिंह

काठमाडौं । उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश परिवर्तन गर्नको लागि राजनीतिक स्थिरता आवश्यक भएको बताएका छन् ।
बिहिबार नेपाली काङ्ग्रेस सय दिने विशेष अभियान अन्तरगत आयोजित क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सोचे अनुसारको परिवर्तन ल्याउनको लागि राजनीतिक स्थिरता आवश्यक भएको भन्दै जनताले प्रश्न उठाउने अवस्था सिर्जना भएको बताए ।
उनले भने, ‘हामीले सोचे अनुसारको परिवर्तन ल्याउनको लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । तर अहिले के देखिएको छ भने छिनछिनमा सरकार परिवर्तन हुन्छ त्यसपछि जनताले सरकारको त कतिदिन हो हाम्रो लागि के काम गर्छ भन्ने खालको प्रश्न उठाउन थाल्यो ।’
यसको साथै, उनले नेपाललाई संकटबाटनिकाल्ने पार्टी नेपाली काङ्ग्रेस नैभएको भन्दै संस्थापक नेताहरु जीवन त्याग गरेर प्राप्त गरेको अधिकारलाई जोगाएर राख्नु सबैको दायित्वभएको बताए ।
उनले भने, ‘नेपाललाई संकटपर्दा त्यो संकटबाट निकाल्ने पार्टी नेपाली काङ्ग्रेस नै हो । हाम्रो चुनौती भनेको के हो भन्दा हाम्रो संस्थापक नेताहरु देखि लिएर नेतृत्व गर्ने नेताहरुले जनताको अधिकारको लागिजीवन त्याग गर्नु भयो अब हाम्रो दायित्व के हो त भन्दात्यो प्राप्त गरेको अधिकारलाई जोगाएर राख्नु हो ।’

 

प्रतिक्रिया दिनुहोस्