२३ पुष २०८१, मंगलवार
गण्डकी मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस महामन्त्री गगन थापा पोखरामा सक्रिय हुँदा रास्वपाका नेता, कार्यकर्ता सशंकित

२१ पौष, पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस अन्तिम चरणमा पुगिरहदा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरामै आयोजित आफ्नो पार्टीकै बिभिन्न कार्यक्रममा सक्रिय सहभागी रहेका छन् ।

शनिबार बिहान हवाई उडानमार्फत पोखरा आएका महामन्त्री थापा शनिबार पार्टीको भात्री संस्था नेपाल मुस्लिम संघको भेला , नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा पार्टीका तर्फबाट बिजयी जनाप्रतिनितिधिहरुसंग्को अन्तरक्रिया कार्यक्रम सहभागी भए ।

उनी आज पनि नेपाली कांग्रेस कास्कीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सहभागी हुने कास्न्ग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।

नेपाली कांग्रेसका महामन्त्री थापा आफ्नो पार्टीको कार्यक्रममा सहभागी भैरहदा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु सशंकित देखिएका छन् । उनीहरु महामन्त्री थापा कास्की जिल्ला अदालतमा चलिरहेको सुर्यदर्शन सहकारी ठगी प्रकरण मुद्दाको बहसमा प्रभाव पार्न आएको भन्दै सशंकित बनेका छन् ।

उनीहरुले नेपाली कांग्रेसका महामन्त्री थापा बसेको पोखराको लेकसाइडस्थित बरपीपल होटल वरपर आफ्नो पार्टीका कार्यकर्ताहरुले निगरानीमा राखेको सामाजिक संजालमा जानकारी दिएका छन् ।

उनीहरुले नेपाली कांग्रेसका महामन्त्री थापाले को – कसलाई भेट गरेका छन् भन्ने बारेमा आफ्ना पार्टीका कार्यकर्ताहरुले निगरानी गरिरहेको बताउदै मुद्दासंग सम्बन्धित पक्षको महामन्त्री थापासंग भेट भएमा फोटो तथा भिडियो सार्वजनिक गरिदिने चेतावनी पनि दिएका छन् ।

उनीहरुले न्यायसंग सम्बन्धित पक्ष पनि महामन्त्री थापालाई भेट्न आउने पो हुन् कि भनेर आशंका गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले दुई दिन अघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पोखरा आएर बरबिपल होटलमै बसेको जानकारी दिएका छन् ।

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेकको टुंगो लाग्ने लाग्दा पोखरामा ब्यापक चहलपहल हुन थालेको छ । उक्त मुद्दाको थुनछेक बहसमा भाग लिन कानून व्यवसायीहरु पोखरा आएका छन् ।

यसैक्रममा सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रबि लामिछानेको पक्षमा आज कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्