श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर
काठमाडौं । आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थितिमा उक्त्त सम्झौतामा हस्ताक्षर भएको होे ।
उक्त सम्झौताको उद्देश्य एक अर्कालाई आवश्यक पर्ने सूचना तथा तथ्याङ्कको माध्यमबाट आदानप्रदान गरी श्रम सम्बन्धी कानूनहरुको परिपालनाको साथै सामाजिक सुरक्षाको सुनिश्चतता गराउनु रहेको छ ।
विज्ञप्तीमा लेखिएको छ,‘श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम प्रशासनलाई चुस्त, दुरुस्त र छिटो छरितो तरिकाले अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न श्रम सम्बन्धी एकीकृत सफ्टवेर एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (क्ष्लतभनचबतभम ीबदयगच ःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ–क्ष्ीःक्ष्क्) र सामाजिक सुरक्षा कोषका इलष्लिभ क्थकतझ – क्यक्थ्क् का सूचना तथा तथ्याङ्कहरु स्वचालित प्रणालीबाट नै आदान प्रदान हुने व्यवस्था गरिने कुराहरु सम्झौताको प्रावधानहरुमा उल्लेख छ ।’
यस समझदारीबाट दुवै निकायहरुको श्रम सम्वन्धमा गुणात्मक सुधार भई उद्योग व्यवसायको विकास र विस्तारमा समेत टेवा पुर्याउने विश्वास लिईएको विज्ञप्तीमा उल्लेख छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बैठक कक्षमा आयोजित सम्झौतामा विभागको तर्फबाट उपमहानिर्देशक विपिन राजभण्डारी र कोषको तर्फबाट कार्यकारी निर्देशक कबीराज अधिकारीले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा मन्त्रालयका सचिवले यसप्रकारको प्रभावकारी व्यवस्थापनबाट श्रमिकका हकहित र संरक्षण भई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सहयोग हुने भएको मन्त्रालय र मातहतका अन्य निकायबीच पनि यसै प्रकारको समन्वय र सहकार्य गर्दै जानुपर्ने विचार व्यक्त गरे । उक्त कार्यक्रममा मन्त्रालयका सबै महाशाखा प्रमुखहरु, आईएलओ प्रतिनीधिलगायतका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्