Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ

रातो कागज
3 महिना अघि

मोरङ । बिराटनगर महानगरपालिका–१३ स्थित कोशी राजमार्गबाट ६ वटा दुर्लभ जनावर सुन गोहोरो सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् ।
सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरो सहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय मोरङ पठाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया