आजको मौसमःधेरै ठाउँमा दिउँसो वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालपहाडी भू–भागमाआंशिकदेखि साधारणतया बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहेकोजनाएको छ ।
पश्चिम तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजदेशका धेरै ठाउँमाहल्का वर्षा तथा हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि गएरातिदेखि बदली भएको र आज दिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, बागमती, कोशीप्रदेशका पहाडी भू–भागकाथोरै स्थान तथा मधेश, लुम्बिनी तथा कर्णालीका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णालीप्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्काहिमपातको सम्भावना रहेको छ ।
वर्षा रहिमपातका कारणचिसो बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
प्रतिक्रिया दिनुहोस्