भूकम्पबाट सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सतर्क रहन आग्रह गरेका छन् ।
बिहानै भूकम्प गएपछि प्रभानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत भूकम्पबाट सतर्क रहन सबैलाई आग्रह गरेका हुन् ।
उनले लेखेका छन्,‘‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला ।’
नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु रहेर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रतिक्रिया दिनुहोस्