केरा खेतितर्फ आर्कषित रौतहटका कृषक
रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकावडा नं. ३ गैडाटारलाई केरा उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । यहाँका कृषकले धान, मकै, गहँु, तोरी, मुसुरो, जस्ता अन्नबालीको छाडेर केरा खेति गर्न थालेका छन् ।
केरा खेतिबाट मनग्य आम्दानी हुने भएपछि यहाँ कृषकले अन्नबाली लगाउन छाडेका हुन् । केरा खेतिको सम्भावता, अवस्थाका बारेमा चन्द्रपुर एकेडेमीकाविद्याथीहरुले सोमबार कृषकसंग भलाकुसारी गरेका छन् ।
कृषकले समेत केरा खेति गर्ने तरिका र आम्दानीलगायतका बिषयमा विद्याथीलाई बुझाएका छन् । अन्नबाली उत्पादनकालागि लगानी, परिश्रम र मेहनत बढि हुने तर उत्पादनमा कमि आउने र अपेक्षाकृत आम्दानी नहुने भएपछि केरा खेति गर्ने थालेको गैडाटारका कृषक दिपक श्रेष्ठले बताए ।
एउटा केराको बोटले एक पटकमा ८० देखि सयवटा केरा उत्पादन दिने र सो केरा प्रतिगोटा ५ देखि ६ रुपैया सम्ममाबिक्रिहुने उनले बताए । एक पटकउत्पादननहुन्जेल मेहनत र लगानी गर्नु पर्ने र उत्पादन हुनथालेपछि आम्दानीहुने केरा खेतिगर्दै आएका कृषकको भनाई छ ।
गैडाटार क्षेत्रमा मात्र ३५ बिगाहभन्दा बढि क्षेत्रफलमा कृषकले केरा खेति गरेका छन् । केरा खेतितर्फ कृषककको आर्कषण बढेपनि स्थानिय निकायबाट सहयोग प्राप्त नभएको कृषकहरुको गुनासो छ । गाँउका अधिंकाश कृषकले केरा खेति नै गरेकाले गैडाटार केराकालागि परिचित वा पकेट क्षेत्रमा रुपमा चिनिने गरेको चन्द्रपुर नगरपालिकाले जनाएको छ । कृषकलाई प्रोत्साहन र उत्पादन बृद्धिका लागि नगरपालिकाले विभिन्न योजनाहरु ल्याउने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्