सुनको मुल्य बढ्दा चाँदी स्थिर
२४ पौष, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार पनि चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्