२४ पुष २०८१, बुधबार
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ

धनगढी कैलाली, २४ पुस । खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा आज यहाँ भएको कार्यक्रममा उनले सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको बताए।

आम नेपालीलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएर तदनुरुप काम गरिरएको मन्त्री यादवले बताए ।

उहाँले ‘एक घर एक धारा’को अवधारणालाई साकार पार्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहान सुक्दै गएकमा उनले चिन्ता व्यक्त गरे । चुरे दोहन गर्नेलाई कडा कारबाही गर्न जरुरी छ ।”

त्यस अवसरमा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्