प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न
तनहुँ, २४ पुस । जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाले प्राथमिक उपचारसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रका लागि नामक संस्थाद्वारा प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको हो ।
संस्थाले अकस्मात् आगोले पोले, करेन्ट लागे, बेहोस भए, हृदयाघातलगायत समस्यामा प्राथमिक उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा सचेतनामूलक तालिम दिएको संस्थाका अध्यक्ष महेन्द्र गिरीले जनाकारी दिए । योगदान राष्ट्रका लागिका केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिउका थिए । तालिममा ३५ जना सहभागी रहेका उनले बताए ।
संस्थाले देशका ६० भन्दा बढी जिल्लामा शाखा विस्तार गरिसकेको छ । हालसम्म विभिन्न स्थानमा एक लाखभन्दा बढीलाई प्राथमिक उपचारसम्बन्धी तालिम दिइसकेको अन्तर्राष्ट्रिय प्रशिक्षक उप्रेतीले जानकारी दिए । संस्थामा सदस्य लिन चहानेले निःशुल्क सदस्य बन्न सक्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्