Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कर्मचारीले जुटाए गरिव घर परिवारका बिरामीलाई सहयोग

रातो कागज
3 महिना अघि

मुगु । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले जिल्लाका विपन्न घर परिवारका बिरामीलाई राहतस्वरुप रकम सहयोग गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले एक लाखसम्म रकम संकलन गरी विपन्न घर परिवारका जटिल रोगका बिरामीलाई राहत रकम सहयोग गरेको हो ।
‘सामाजिक कार्यमा हाम्रो सहभागिता’ भन्ने उद्देश्यका साथ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले रकम संकलन गरी विपन्न गरिब घरपरिवारका पाँच जना जटिल रोगका बिरामीहरुलाई संकलित रकम सहयोग गरेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुका अध्यक्ष सोनाम तोर्चे लामाले जानकारी दिए ।
मनकारी कर्मचारीबाट एक लाख रकम संकलन गरेको र त्यही रकममध्येबाट जटिल रोगका बिरामी मुगुम कार्मारोङ गाउँपालिका–५ सरोग गाउँका उर्गिन टोमा लामालाई १५ हजार, छायाँनाथ रारा नगरपालिका १३ लुमका बिग्नेश खड्कालाई २२ हजार, सोरु गाउँपालिका तीन भिई गाउँका अशोकलाल बुमीलाई २२ हजार, सोरु गाउँपालिका–४ लिब्रु गाउँका दानबहादुर बुढालाई १५ हजार र सोरु गाउँपालिका ९ खनाय गाउँका अभिराज शाहीलाई २२ हजारका दरले रकम सहयोग गरेको अध्यक्ष लामाले बताए ।
मानसिक समस्या, क्यान्सरलगायत जटिल रोगका बिरामीहरु आर्थिक अभावमा रोग पालेर बस्न बाध्य भएका छन् । त्यस्ता जटिल दीर्घरोगीलाई मलमपट्टी होस् र केही उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले मनकारी कर्मचारीहरुबाट रकम संकलन गरी विपन्न गरिब जटिल रोगको शिकार भएकाहरुलाई सहयोग गरेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया