२९ फाल्गुन २०८१, बिहीबार
प्रवास मुख्‍य समाचार समाचार समाज

अष्ट्रेलियाको सिड्नीमा थारु माघी महोत्सब मनाउने, अनु चौधरीको पनि प्रस्तुति रह्ने

सिड्नी । सन् २०१८ मा अस्ट्रेलियामा स्थापना भएको ‘थारू सोसाइटी सिड्नी अस्ट्रेलिया’ले यस वर्ष पनि माघी पर्व विविध कार्यक्रमसहित मनाउन लागेको छ ।

अस्ट्रेलियामा रहेका थारूहरूबीच भाइचारा कायम गर्दै थारु कला संस्कृतिको जगेर्ना गर्दै आइरहेको उक्त संस्थाले सिड्नीमा हर्षोल्लासका साथ माघी मनाउन लागेको हो ।

यसपटक नेपालकी चर्चित गायिका अनु चौधरीको उपस्थितिले महोत्सवको रौनक थप बढ्ने आयोजकको विश्वास छ ।

सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरीले दिएको जानकारी अनुसार कार्यक्रम आउँदो जनवरी १४ मंगलबार ९थारू सम्वत् २६४८, माघ १० अर्थात् माघेसंक्रान्तिका दिन इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा हुने भएको छ ।

सुमधुर स्वरकी धनी अनु चौधरीको प्रस्तुतिसँगै थारू रीतिरिवाजअनुसार लाठी नाच, झुमरा नाचलगायत थारू परिकारसमेत कार्यक्रमको विशेष आकर्षण रहने चौधरीले बताए ।

कार्यक्रममा उपस्थितिका लागि थारू सोसाइटी अफ अस्ट्रेलियाले सम्पूर्ण थारू समुदायलगायत सबै नेपाली दाजुभाइ, दिदीबहिनीलाई अपिल समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्