सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला, तीन लाख रुपैंयाँ जरिवाना
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/01/Photo-3-4-1296x700.jpeg)
२९ पुस, काठमाडौं । काठमाडौं अनामनगरस्थित सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैंयाँ जरिवाना तिराएको छ ।
सोमबार ट्रक व्यवसायी महासंघकाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमको खाजामा साङ्ला भेटिएको थियो ।
खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सिलौटो रेस्टुरेन्टलाई तीन लाख रुपैंयाँ जरिवाना तिराइएको विभागका सूचना अधिकारी डिक बहादुर कार्कीले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।
‘सोमबार दिउँसो भएको एक कार्यक्रममा वितरण गरिएको खाजामा किरा भेटिएको उजुरी आएको थियो । हाम्रो अनुगमन टोली किरा भेटिएको पुष्टि गरेपछि तीन लाख रुपैंयाँ जरिवाना गराएका छौं,’ कार्कीले भने ।
साङ्ला वा अन्य किरा फेला परेको हो भन्ने विषयमा रेष्टुरेन्टका संचालकलाई सम्पर्क गर्दा उनी यसबारे बोल्न चाहेनन् ।
प्रतिक्रिया दिनुहोस्