२ माघ २०८१, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय हितको मूल उदेश्यमा एकजुट बनौं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न पनि आव्हान गरेका छन् ।
माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, विकास र शान्तिनै नेपाल र नेपालीको अभिष्ट भएको बताए ।
उनले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्तिनै भएको बताए ।
उनले विभिन्न जातजातिले उत्सवकारुपमा मनाउने यसप्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सुत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले सबैलाई आआफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा मिल्ने भन्दै सम्पुर्णमा माघी पर्वको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्