Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

चाडपर्वले राष्ट्रिय एकतालाई  सुदृढ बनाउन सघाउने

रासस
3 महिना अघि

कैलाली, १ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघेसङ्क्रान्तिलगायत चाडपर्वले राष्ट्रिय एकतालाई  सुदृढ बनाउन मद्दत पुग्ने बताएका छन् ।
मुख्यमन्त्री शाहले आज शुभaकामना सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई  सुदृढ बनाउन मद्दत पुग्ने बताएका छन्।
उनले विभिन्न समुदायहरुद्वारा मनाइने माघेसङ्क्रान्ति, मकरसङ्क्रान्ति, माघी चाडको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया