आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

४ माघ, काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्