५ माघ २०८१, शनिबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार विशेष समाचार समाचार समाज

कुमालेहरूलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

रौतहट । विद्याकी देवी सरस्वतीको पूजा नजिकिँदै जाँदा रौतहटमा कुमालेहरू मूर्ति बनाउन व्यस्त देखिएका छन् ।

सरस्वती पूजामा सरस्वतीको मूर्ति आवश्यक पर्ने भएकाले सदरमुकाम गौरका विभिन्न ठाउँमा सरस्वती माताको मूर्ति बनाउन अहिले कालीगढहरु सक्रिय छन् ।

हिन्दु परम्परा अनुसार माता सरस्वतीको पूजा गर्न अधिकांश सामुदायिक, निजी विद्यालय तथा शैक्षिक संघसंस्थाले मूर्ति नै स्थापना गरी पूजा अर्चना गर्ने गर्दछन् । सरस्वतीको मूर्ति बाँस, पराल, माटो र रंगको संयोजन गरेर बनाउने गरिन्छ।सरस्वती पूजा धार्मिक परम्परा भए पनि त्यसभित्र ठूलो व्यवसाय लुकेको मूर्तिकारहरु बताउँछन् ।

यो समयमा मूर्तिबाट राम्रो आम्दानी लिने गरेको गौरका मूर्तिकार शिव कुमार पण्डितले बताए । एउटा सरस्वतीको मूर्तिको पाँच हजारदेखि १५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनले जानकारी दिए ।

सरस्वती पूजाको अवधिभरमा करीब एकलाख ५० हजार भन्दा बढी रुपैयाँसम्मको आम्दानी गर्ने गरेको उनले बताए । आफुले आकर्षक मुर्ति बनाउने गरेका कारण अहिले  विभिन्न बिद्यालयबाट अर्डर आएको उनको भनाइ छ ।

विशेषगरी दुर्गापूजा, विश्वकर्मापूजा, कृष्णजन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग हुने गदछ। यस बर्ष माघ २१ गते सरस्वती पूजा परेको छ ।

प्रतिक्रिया दिनुहोस्