२६ माघ २०८१, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

धरानका मेयर सिंहदरबार पुगे, रित्तो गाग्री भने प्रहरीले खोस्यो

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन् ।
मंलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका हुन् ।
उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए । उनको गाग्री भने प्रहरीले खोसेको छ ।
मेयर साम्पाङ धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै मन्त्रालयमा छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस्