८ माघ २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

पशुपति धर्मशालाको विषय अदालमा मुद्दाको रुपमा छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति धर्मशालाको विषयमा अध्यन समिति बनाइएको बताएका छन् ।

मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै  उनले पशुपति धर्मशालाको विषयमा एकातिर अध्यन समिति बनाइएको त एकातिर  अदालमा मुद्दाको रुपमा रहेको बताएका हुन् ।

उनले भने, ‘पशुपतिको धर्मशाला सम्बन्धि विषयमा पनि अध्यन समिति एकातिर बनाएका छौँ भने अर्कोतिर यो विषय अदालतमा पनि मुद्दाको रुपमा छ । अदालको मुद्दालाई कुनै असर नहुने गरी हामीले खालि विवरणातमक कुरा लिएर आउनुस् , यो व्यापार हो की मारवाडी सेवा समितिले गरिरहेको ? यो  सेवा हो की ? व्यापार भए कति नाफा गर्नु हुन्छ र कति कोषलाई दिनु हुन्छ , सेवा हो भने कति सेवा गर्नु हुन्छ कहाँ कहाँ गर्नुहुन्छ यो  विवरणात्मक रिर्पोट ल्याउनका लागि अदालतमा भएको मुद्दालाई कुनै  असर हुन सक्दैन । र हुन दिने छैन भनेर हामीले यस्तो गरेका हौँ, यसमा पनि हाम्रो मन्त्रालयको महाशाखाको सहसचिवको नेतृत्वमा त्यो अध्यन समिति बनेको छ, त्यसले अध्यन गर्दैछ ।’

साथै उनले संस्कृति, पर्यटन र नागरिकको तीनवटा स्तम्भ अगाडि बढाएर लानुपर्ने बताए  । उनले पर्यटनलाई अगाडि बढाउनका लागि मन्त्रालयको स्रोत बढाउनुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्