भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा
९ माघ, सिरहा । सशस्त्र प्रहरीले यहाँको औरही गाउँपालिका–४ भट्टीमोडबाट मङ्गलबार भन्सार छली गरेर ल्याइएका लाखौँ मूल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको कपडा आज प्रहरीले भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका लत्ताकपडा रु एक लाख ७४ हजार चार सय ८० रुपैयाँ मूल्य बराबरका छन् ।
कपडा लिएर आएका दुई व्यक्ति भने प्रहरीको गस्ती टोली देखेपछि भागेको उपरीक्षक भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस्