१३ माघ २०८१, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

भक्कापछि प्रचण्डले ढिक्रीको स्वाद लिए

दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले  थारुको परिकार ढिक्रीको स्वाद लिएका छन । दाङ पुगेका प्रचण्डले शनिबार मर्निङ वाक गर्ने क्रममा थारु समुदायको परिकार ढिक्री खाएका हुन ।

दाङको घोराही–धारापानी मर्निङ वाक पछि प्रचण्डले नेता तथा कार्यकर्ताको साथमा बसेर ढिक्री खाएका छन । चिसो  बढेकाले  प्रचण्डले आगो समेत तापेका छन् ।

थारु समुदायको परिकार ढिक्री कुनै चाडपर्व र समारोहमा बनाउने गरिन्छ । यो विशेष गरी चामलको पिठोको ढिक्री बनाउने प्रचलन छ भने त्यसको अलवा गहुँ, जौँ र मकैको पिठोको पनि बनाउने गरिन्छ । विभिन्न थरिका अन्नबाट ढिक्री बनाएर खाने प्रचलन भए पनि देवतालाई भने प्रायःजसो चामलको ढिक्री प्रसादको रुपमा चढाउने प्रचलन थारू समुदायमा विद्यमान छ ।।

घरको कुल देवता र गाउँको भुँइह्यार देवतालाई पनि प्रसादको रुपमा ढिक्री चढाइन्छ ।  थारु समुदायले विशेषगरी तिहारको लक्ष्मी पूजाका दिन ढिक्रीको दियो, चिलिम, मट्काका भाँडा बनाई लक्ष्मी पूजा गर्ने चलन रहेको छ ।

यस अघि मोरङको बिराटनगर प्रचण्डले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्