आज दुईवटा संसदीय समितिको बैठक बस्दै
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/01/Photo-1-72-1296x700.jpg)
काठमाडौं । सोमबार संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छ ।
जसअनुसार आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूचि छ ।
यसैगरी राष्ट्रिय सभा अन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकम पनि बस्दै छ ।
बिहान ११ बजे बस्ने लागेको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्