Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

टोकियोमा कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण

रासस
3 महिना अघि

काठमाडौँ, १४ माघ । जापानको राजधानी टोकियोमा कवि रबिन शर्माको कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण गरिएको छ । तीन सयभन्दा बढी नेपाली साहित्यप्रेमीहरुको उपस्थितिमा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी क्षेत्रीलगायतले उक्त कृति लोकार्पण गरेको जनाइएको छ ।
राजदूत क्षेत्रीले कवि शर्माको प्रशंसा गर्दै कृति प्रकाशन गरी नेपाली भाषा र साहित्यमा योगदान दिएकामा धन्यवाद दिए। “यति ठूलो सङ्ख्याको उपस्थितिमा नेपाली साहित्यिक कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ, यो उपस्थितिले नेपाली साहित्यप्रतिको मोह देखाउँछ, आगामी दिनमा पनि साहित्य लेखनलाई निरन्ता दिन म कवि शर्मालाई आग्रह गर्दछु”, उनले भने ।
त्यस अवसरमा पूर्वसांसद सूर्य पाठक, पत्रकार राजु सुवेदी, साहित्यकार, समाजसेवी तथा जापानमा क्रियाशील प्रतिष्ठित नेपाली व्यक्तित्वहरुको उपस्थिति थियो । कवि शर्माले कवितावाचन गर्नुभएको थियो भने मूर्तिकार मञ्जुल मितेरीले पुस्तकमाथि चर्चा गरेका थिए । लोकर्पणका अवसरमा दुई सय ५० भन्दा बढी कृति बिक्री भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया