रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई एचपीभी खोप लगाइने
रौतहट । पाठेघरको मुखको क्यान्सर विरुद्धको “एचपीभीखोप”अन्तर्गतरौतहटमा ४९ हजार २६९जनाकिशोरीलाई लगाइने भएकोछ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप दिइने भएको हो । यहाका १० बर्ष देखि १४ बर्षसम्मको विद्यालय बाहिर रहेकालाई खोप लगाइने भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहट प्रमुख राजेश सिंहले बताए ।
उनका अनुसार सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेका १० हजार भन्दा बढि गरेर ४९ हजार २६९ जनालाई एचपीभी खोप लगाइने छ ।यो अभियानका लागि यहाका स्वास्थ्य संस्थामा कार्यरत दुई सय जनशक्तिलाई तालिम दिइसकेको उनले जानकारी दिए ।
यस जिल्लामा दुई चरणमा खोप लगाइने तयारी थालिएको र सम्पूर्ण तयारी पुरा भईसकेको उनको भनाइ छ । माघ २३ गते पहिलो र माघ ३० गते दोस्रो चरणमा खोप लगाइने अभियान थालिने स्वास्थ्य कार्यालयका प्रमुख सिंहले बताए ।
पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ तथा माघ ३० गतेदेखि हुने दोस्रो चरणमा गौर, राजदेवी, दुर्गा भगवती, यमुनामाई, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुरका किशोरीलाई एचपीभी खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्ग अनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको मृत्यु हुने गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्