१ चैत्र २०८१, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

कुलमान घिसिङविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

२१ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

हितेन्द्रमान शाक्यले आफूलाई जिम्मेवारीबाट हटाई कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सर्वोच्च अदालत प्रशासनले अग्राधिकारमा राखिएको यो मुद्दालाई सोमबार सुनुवाइ गर्ने भनी पेसी तोकेको हो । साढे तीन वर्षअघि दायर सो रिट निवेदनमा एकपटक प्रारम्भिक सुनुवाइ भएपछि मुद्दाको पालो नै नआएर रोकिएको छ ।

पटकपटक पेसी तोकिएको मुद्दा स्थगित भइरहेको छ । सर्वोच्च अदालतले त्यो मुद्दालाई प्राथमिकता दिन अग्राधिकारको आदेश जारी गरिसकेको छ ।

आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा बहाल रहेको अवस्थामा मन्त्रालयमा तानेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएको विरोधमा हितेन्द्रले मुद्दा दायर गरेका थिए ।
उनले घिसिङलाई पदमुक्त गरी आफूलाई त्यही पदमा बहाल गर्नुपर्ने आदेशको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्