रातो कागज
3 महिना अघि

झापाः पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला घाइते भएका थिए। टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो। अस्पताल पु¥याए लगत्तै चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया