अरुणको जन्मदिनमा ‘हन्टर’ क्यारेक्टर लुक्स
२३ माघ, काठमाडौं । चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने बताउँछ ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको चलचित्रमा अन्य कलाकार कोको रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन । जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु चलचित्र हो ।
क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् ।
चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् । यद्यपि, चलचित्र सिनेम्याटिक लिवर्टी बनाउने उनको भनाइ छ ।
जीवनले भने, ‘रियल पात्रको कथामा फिक्सन मिसाइनेछ । जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ ।’
चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । ममता सिङ्ग, राजा भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द र गोविन्द राज सह निर्माता रहेका छन् । यस सिनेमाका रोयल भिमसेन कार्यकारी निर्माता रहेका छन् । प्रि–प्रोडक्सनमा रहेको चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्