‘भद्रपुर झापा गोल्डकप’ फागुन ७ देखि
झापा, २४ माघ । मेची रङ्गशालामा आगामी फागुन ७ गतेदेखि अन्तरराष्ट्रियस्तरको ‘भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता हुने भएको छ ।
फागुन १६ गतेसम्म हुने प्रतियोगिताको विजेतालाई नगद रु १३ लाख र उपविजेतालाई रु सात लाख प्रदान गरिने भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले बताए । प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, मुलुकका अन्य विभागीयसहित पाँच वटा ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र बङ्गलादेशका क्लब सहभागी हुने उनले राससलाई जानकारी दिए ।
रङ्गशालामा करिब २० हजार दर्शक बस्न सक्ने गरी स्थायी प्यारापिट मर्मत तथा रङरोगन कार्य धमाधम भइरहेको छ । बाँसको अस्थायी प्यारापिट निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्