रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न सांसद गौतमको आग्रह
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-1-2.png)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्य कानूनहरुको प्रयोग गरी रवि लामिछानेको पद निलम्बन गर्नु सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको बताएकी हुन् ।
उनले भनिन्, ‘यो सरकारलाई लोकतन्त्रको सम्झना आए छ । पाँच महिनाको अन्तरालपछि भए पनि संसद खोल्ने जमर्को गरेछ । यो संसद सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको हो की भन्ने गम्भिर प्रश्नहरु बोकेर आएको छ । गत संसदीय निर्वाचनमा सबैभन्दा फराकिलो मतान्तरले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेलाई राज्यले झुटो अभियोग लगायो । संसदलाई फलानो अभियोग दर्ता भएपछि त संसद पद निलम्बन हुन्छ नि भनेर पत्र लेख्यो र संसद सचिवालयले विशेष अधिकारको वास्ता नगरी अन्य कानुनमा टेकेर सासंदको पद निलम्बनको सूचना टाँस नै गर्यो । अन्य कानूनको प्रयोग गरी संसद पद निलम्बन गर्नु कानून विपरित छ त्यसैले सांसद पद फुकुवा गर्न विनम्र आग्रह गर्दछु ।’
साथै, उनले कानूनलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग नगर्न समेत आग्रह गरिन् । उनले जहाँ संसद लोकतन्त्रको रक्षक हुनुपथ्र्यो त्यहीबाट अन्यायको समर्थन भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्