Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ठगी सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ

रासस
2 महिना अघि

काठमाडौं । बैंकिङ कसुर मुद्दाका प्रतिवादी चित्र बहादुर घलान पक्राउ परेका छन् । मकवानपुर थाहा नगरपालिका ८ स्थायी ठेगाना भएका हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका २ सानेपा बस्ने आएका घलान पक्राउ परेका हुन् ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं.२ सानेपाबाट पक्राउ गरेको हो ।

घलानबिरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौमा दुईवटा मुद्दा दर्ता भएको दर्ता गरिएको छ भने चितवनमा एउटा मुद्दा दर्ता भएको छ । उनीबिरुद्ध प्रहरी बृत्त नयाँ बानेश्वर र प्रहरी बृत्त जनसेवा काठमाडौमा पनि दुईवटा मुद्दा दर्ता भएको भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया