आजको मौसम : हिमाली भागमा हिमपातको सम्भावना
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photos-220-1296x700.jpeg)
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसममा आज आंशिक मौसम बदली हुने सम्भावना रहेको जनाएको छ ।
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकाको साथै अन्य प्रदेशको मौसम शनिबार सफा रहनेछ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस्