२७ माघ २०८१, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज सूचना प्रविधि

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

२७ माघ, काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको सामना गर्न विकासोन्मुख देशहरुका लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताएका छन् ।

आइतबार नेपालमा पुनरुत्थानशील बागवानी मूल्य श्रृंखला सम्बन्धि कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताए ।

उनले भने,‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई सर्वविदिततै छ । यसका लागि विश्वले जलवायु परिवर्तनको मुख्य कारकको रुपमा रहेको कार्बन उत्र्सजनलाई घटाउनुको साथै हामी जस्ता विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक भएको छ ।’

मन्त्री ठकुरीले जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेको पनि बताए ।

उनले भने,‘जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेका छौं । सरकार निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रदान्मक समाधानहरु अघि बढाउन सार्वजनिक नीजि पुँजी परिचालन गर्न अति आवश्यक छ ।’

उनले नेपाललाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउन प्रभावकारी उपायहरु मध्ये पुर्नउत्पादक बागवानी एक महत्वपुर्ण उपाय रहेको पनि बताए । उनले अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुर्नउत्पादक कृषि अभ्यासहरुलाई अंगिकार गर्न अपरिहार्य रहेको कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्