समितिबाट पास भएको विधेयक पुनःजाँच गरेर पठाउन आग्रह
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-3-19-1296x700.jpg)
काठमाडौं । पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल भएको छ ।
आइतबार सिंहदरबारस्थित समितिको सभाहलमा प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक सम्बन्धमा छलफल भएको हो ।
छलफलमा जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले समितिमा विधेयक पास भइसकेपछि पुनःलेखन गर्दा शब्दहरुमा ध्यान नदिँदा समितिमा एउटा छलफल गरेर टुङ्ग्याउँने गरेको तर पछि आउँदा फरक रुपमा आउने गरेकाले त्यो मुख्य समस्या रहको बताए । फाइनल ड्राफ्टलाई संसदमा लैजाँदैगर्दा चेक गरेर मात्रै पठाउन उनले आग्रह गरे ।
उनले भने,‘समितिमा पास भइसकेपछि पुनःलेखन गर्ने काममा शब्दहरु तलमाथि भएको पाइन्छ । त्यसैले सबैले यसको एउटा कपी आफूसँग राखेर फाइनल ड्राफ्टलाई संसदमा पुग्दैगर्दा चेक गरेर मात्रै पठाइदिनुपर्छ । समितिमा एउटा छलफल गरेर टुङ्ग्याउँछौं । पछि आउँदा अर्को आयो अहिलेको मुख्य समस्या नै त्यही हो । यसमा अलि ध्यान दिनुपर्ला कि ।’
त्यस्तै उनले खोला छेउमा घर बनाएर बस्दा प्रत्येक वर्ष आउने बाढीका कारण सम्पत्ती र मानविय क्षति बढ्दै गर्दा अर्को वर्ष फेरी त्यही गएर बस्ने प्रचलन पनि बढेको बताए ।
त्यस्तै नेकपा माओवादीका सांसद माधव सापकोटाले विधेयक ल्याउँदैगर्दा कानुनमा नै खेल्ने ठाउँ दिन नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्