सरकारले वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न मिल्दैन् : रघुजी पन्त
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-11-1296x700.png)
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न नमिल्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जाल सम्बन्धि विधेयकको सम्बन्धमा नियन्त्रणको विक्षमा र नियमनको पक्षमा आफू रहेको बताए ।
उनले भने,‘सामाजिक सञ्जाल सम्बन्धि विधेयक नियन्त्रणको पक्षमा छैन । तर नियमनको पक्षमा चाँही म छु । संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रता नियन्त्रण गर्ने कुरामा सरकार जानुहुँदैन् र मलाई विश्वास छ जाँदैन् पनि । यदी त्यस्तो खालको कमी कमजारी छ भने संशोधनमार्फत सच्याउछौ ।’
अध्यादेशको विषयमा छलफल भइरहेको भन्दै परिपक्क भयो भन्ने सरकारलाई लागेपछि संसदमा पेस गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्