पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत, राष्ट्र भक्तिको माहोल
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-6-1-3-1296x700.jpg)
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार परिवारसहित पोखरा आइपुगेका छन् । समिट एयरको चार्टर जहाजमार्फत आएका उनलाई पोखरामा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए ।
पूर्वराजा शाह आज राति रुपाकोट रिसोर्टमा बस्नेछन् । उनको पोखरा बसाइँ दुई सातासम्म रहनेछ । भ्रमणलाई विशेष बनाउन विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भइरहेको छ ।
यस क्रममा उनले विभिन्न मठमन्दिर दर्शन गर्ने, पूजापाठमा सहभागी हुने र स्थानीय व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । उनका समर्थकहरू शाहको यो भ्रमणलाई आस्थासँग जोडेर हेरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्