२८ माघ २०८१, सोमबार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

बृहत् थारु सांस्कृतिक कार्यक्रम सम्पन्न

दाङ, २८ माघ । पश्चिम दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा आयोजना गरिएको मटँवा, बरघर र भलमन्सा सङ्घको अधिवेशन तथा अन्तरप्रदेश बृहत् थारु सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी थारु अगुवाले मटँवा बरघर र भलमन्सा प्रथालाई कानुनी मान्यता दिन माग गरेका छन् । साथै उनीहरुले आफ्नो मौलिक संस्कृति जोगाउन समुदायका सबैलाई एकताबद्ध हुन आह्वान पनि गरेका छन् ।

लोकतन्त्रको अभ्याससँगै थारु समुदायका परम्परा हराउन थालेकाले आफ्ना सांस्कृतिक प्रथालाई जोगाउन सङ्घ स्थापना गरिएको त्यसका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले बताए। “थारुका केही मौलिक र सांस्कृतिक परम्परा छन् । तिनलाई जोगाउनुपर्छ । यो सरकारको नीतिभित्रै पर्छ”, उनले भने ।

दुई दिनेसम्म चलेको कार्यक्रममा दाङ, बाँके, बद्रिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रूपन्देही नवलपरासी र कपिलवस्तुका थारु अगुवाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्