२८ माघ २०८१, सोमबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारले ल्याएको अध्यादेश सफल हुँदैन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश सफल नहुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कतिपय कानूनहरु आवश्यक भएपनि नियमित प्रक्रियाबाट नहुँदा फेल हुने गरेको बताएका हुन् ।

उनले भने, ‘यदि कानून बनाउने हो भने, कानून आवश्यक हो भने हिउँदे अधिवेशन समयमै बोलाएर सरकारले विधेयक ल्याओस् । कानून बनाउन हामी सहयोग गर्छौं भनेका थियौं । ढिलै भएपनि संसद बोलाइएको छ । तर

नियमित प्रक्रियाबाट कानून बनाओस् त्यसमा छलफल गरौंला । कतिपय कानूनहरु पनि आवश्यक छन् । स्वभाविक कुरा हो जसपाले संसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा जसपाले सहयोग गर्छ जस्तो लाग्दैन । भूमि सम्बन्धी, वन सम्बन्धी ऐनहरुमा अध्यादेशमार्फत शंसोधन भएको छ ।

तर यसभन्दा पहिला ल्याएको सरकारको अध्यादेश पनि अरुहरुले फेल नै गरेका थिए । यस पटक सरकारले ल्याएको अध्यादेश फेल हुने अवस्थामा पुगेको छ ।’

साथै उनले सहयोग गर्ने कुरा स्वभाविक भए पनि जसपाले संसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा सहयोग नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्