२९ माघ २०८१, मंगलवार
बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी

२९ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गरेको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले श्री वलीलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्