आठ करोड बढी खर्चेर बनाइयो पालिकाको पक्की भवन
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/281876948_402811775089298_119777282287825335_n1653919821-1296x700.jpg)
त्रिवेणी रुकुमपश्चिम, २९ माघ ।आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ ।
विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई रु सात करोड ५९ लाख ६२ हजार ६८५ भुक्तानी भइसकेको छ । तीनतले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्