२९ माघ २०८१, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित

२९ माघ, काठमाडौं । विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

सांसद खतिवडालाले पद्दती विपरित गएर रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको कुरा उठाएपछि विपक्षी दल रास्वाले खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।

त्यस्तै माओवादीका तर्फबाट बोल्दै हितराज पाण्डेले आकस्मिक र शुन्य समय सकिएपछि नियमावली विपरीत गएर बोल्ने समय दिएकोमा आपत्ति जनाए ।

सभामुख देवराज घिमिरेले खतिवडाले कुन नियमावलीको आधारमा बोलेको भन्ने संसद सचिवालयलाई अध्ययन गरेर निर्णय गर्न आदेश दिएको जानकारी दिए ।

उनका अनुसार अब सचिवालयको धारणा आइसकेपछि बैठक अगाडि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्