२९ माघ २०८१, मंगलवार
कर्णाली मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

नयाँ शक्तिका केन्द्रीय सदस्य मल्ल माओवादी केन्द्रमा प्रवेश

२९ माघ, सुर्खेत । बाबुराम भट्टराई नेतृत्वको नेसपा नेतृत्वको केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भीमबहादुर मल्ल ‘सुवास’ माओवादी केन्द्रमा प्रवेश गराएका छन् ।

मल्ललाई पार्टीको कर्णाली प्रदेश समितिको सातौं बैठकमा सहभागी हुन सुर्खेत आउनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा र माला लगाई पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्दै मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युनिष्ट विचार छाडेको साथै उहाँले भन्ने गरेको नयाँ विकल्पको दिशाहीन राजनीतिको औचित्य समेत समाप्त भएकाले पार्टी परित्याग गरेको बताए ।

देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएको अब आफू पुरानै घर फर्किएको बताउँदै माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्