२९ माघ २०८१, मंगलवार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

बालेन साहबाट गरिब जनतालाई दुख दिने काम भयो : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट कुनै विकल्प नदिईकन गरिब बसेको ठाँउ हटाउने गलत काम भएको बताएका छन्  ।

मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उनले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नको लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दुख दिने काम सही नभएको बताए ।

उनले भने, ‘राज्यको आवश्यकता कमजोरलाई संरक्षण गर्नको लागि पर्छ । बलियो मानिसको लागि राज्य आवश्यक हुदैँन् । लड्नै मन छ भने मेरो भनाई एकदमै प्रष्ट थियो महानगरभन्दा बलियो ठाँउ संसद भवन छ केही गर्न सकिन्छ भए भनेर भन्न खोज्या हो । उहाँलाई विकास गर्नु छ भए पार्क बनाए हुन्छ तर बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरुलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिईकन त्यतीकै बसिरहेको ठाँउ हटाउने काम गर्नु भएन् ।’

यस्तै, उनले शहर कुरुप बनाउने गरिब जनताले नभई यहाँको शासक, प्रधानमन्त्री र मन्त्री भएको बताए ।

प्रतिक्रिया दिनुहोस्