३० माघ २०८१, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

हत्या गरेको अभियोगमा एक जना पक्राउ

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका—५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डल पक्राउ परेकी छन् ।

मंगलबार राति घरायसी वादविवादको क्रममा उनीहरूबीच झै—झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलबाट खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्