मुलुक खाली हुने गरि मानिस विदेश गएका छैनन् : मुख्यमन्त्री कार्की
सुन्दरहरैचा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुक खाली हुने गरि मानिस विदेश गएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।
मोरङको सुन्दरहरैचामा ‘सुन्दरहरैचा विराट एक्स्पो ४’ को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
‘तपाईंहरु हेर्दै जानुहोस् ,२÷४ बर्षमा धेरै युवाहरू स्वदेशमै लगानी गर्ने तयारी गरिरहेका छन् । उनले भने, हामीले त्यो वातावरण बनाइरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस्