प्रचण्डले गरे हेलीप्याड र पिस पार्कको उद्घाटन
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-5-2-2-1296x700.jpg)
१ फागुन, तम्घास । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेका छन् ।
बिहीबार मालिका गाउँपालिकाको वडा नम्वर ४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गरेका हुन् । उनले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरे ।
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताए ।
उनले देशका विभिन्न स्थानहरुमा निर्माण भएका हेलीप्याड भन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट रहेको बताउँदै हेलीप्याडबाट विपद् तथा आपतकालिन अवस्थामा यहाँका नागरिकहरुको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्