१ फाल्गुन २०८१, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्छ’

हेटौँडा । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धीहरुलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।

उनले व्यवस्थाका उपलब्धीहरुलाई संस्थागत गर्दै सकारात्मक ढंगबाट अघि बढ्नु पर्ने बताएका हुन् ।
नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनु पर्ने बताए ।

आर्थिक समृद्धिलाई नागरिकहरुले महसुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उनको भनाई छ । मन्त्री सिंहले नागरिकका लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेको अधिकारहरु सहज उपभोगमा सरकारले काम गर्नुपर्ने बताए ।

नागरिकका आवश्यकता र चाहना पूरा भए मात्र राजनीति सही ट्रयाकमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिन जरुरी रहेको उनको भनाई छ ।

उनले वर्तमान समयमा नागरिकहरुले रोजगारी र विकास निर्माणको अपेक्षा गरिरहेको र विदेशिने वातावरणको अन्त्य चाहेको बताए ।

उनका अनुसार राजनीतिक दलको उर्जा कार्यकर्तामा रहेकाले आपसी समझदारी कायम गरी अघि बढ्नु पर्ने हुन्छ । पार्टी भित्रको विवाद समाधान गर्न माथिल्ला संरचनाहरुसँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिन उनले निर्देशन दिए ।

पार्टी संगठन बलियो बनाउन आम कार्यकर्तालाई एकतावद्ध गर्नुपर्ने भएकोले कांग्रेसको गति त्यसतर्फ हुन जरुरी रहेको मन्त्री सिंहले बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पूर्व सभापति रघुरमन न्यौपाने, कांग्रेस मकवानपुरका उपसभापति एवम् बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्